रास्वपा र राप्रपाले संसद चल्न दिएनन्

रास्वपा र राप्रपाले संसद चल्न दिएनन्

प्रतिनिधिसभा बैठक १५ मीनेटका लागि स्थगित गरिएको छ । 

आज दिउँसो बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मीनेटका लागि स्थगित गरिएको हो । 

मीटरब्याज पीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ लाई पेस गर्ने क्रममा निर्णयार्थ पेश नभएको भन्दै राप्रपा र रास्वपाका सांसदहरुले रोष्ट्रम गर्दै नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले आजै बस्नेगरी १५ मीनेटका लागि स्थगित गर्नुभएको हो ।

टिप्पणीहरू