लेखाको हलमा अर्थ समितिको बैठक, गभर्नर पनि उपस्थित

लेखाको हलमा अर्थ समितिको बैठक, गभर्नर पनि उपस्थित

सरोकारवालाहरुलाई बोलाएर सांसदहरुले आगामी मौद्रिक नीतिबारे छलफल गरेका छन् । अर्थ मन्त्रालयका प्रतिनिधि र नेपाल राष्ट्र बैंकका गभर्नरसहित आज बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा मौद्रिक नीति सम्बन्धी छलफल भएको हो । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयको सार्वजनिक लेखा समितिको सभाहलमा बसेको बैठकमा गभर्नर महाप्रसाद अधिकारीको उपस्थिति थियो । झण्डै साढे तीन घण्टा लामो बैठकमा आगामी वर्षको वित्तीय र मौद्रिक प्रोत्साहन, मौद्रिक नीतिका उपकरणहरूका विषयमा छलफल भएको बताइएको छ ।

संसदीय समितिको सभापति चयन नभएकाले जेष्ठ सदस्य सन्तोष चालिसेको सभापतित्वमा बैठक बसेको हो ।

टिप्पणीहरू