झोलाभरि गोली हालेर भारतीय नागरिक नेपाल छिरे

एक जना भारतीय नागरिक गोलीसहित पक्राउ परेका छन् । भारतबाट आएका ती भारतीयलाई वीरगञ्जको भानुचोकमा नियन्त्रणमा लिइएको बताइएको छ ।
बिहारका २२ वर्षे मुरारी कुमारको साथबाट १९ राउण्ड गोली बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सर्टगनमा प्रयोग हुने उक्त गोली ल्याउनुको प्रयोजन र संलग्न अन्यको बारेमा अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू