जमिनमुनिबाट पानी निकालिरहेकाले अनिवार्य अनुमति लिनुपर्ने

जमिनमुनिबाट पानी निकालिरहेकाले अनिवार्य अनुमति लिनुपर्ने

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले भूमिगत स्रोतको पानी उपयोग गर्नेहरुलाई अनुमतिपत्र लिनुपर्ने अनिवार्य व्यवस्थाको जानकारी गराएको छ । काठमाडौं उपत्यकाभित्र भूमिगत स्रोतको पानी उपयोग गर्न अनिवार्य अनुमतिपत्र लिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै बोर्डले अनुमतिपत्र नलिएकालाई १५ दिनको समय दिएको छ । 

बोर्डले जारी गरेको सूचनामा अनुमतिबिना भूमिगत स्रोतबाट पानी निकाल्न नपाइने स्पष्ट पारिएको छ । त्यस्तै, अनुमतिपत्र लिइसकेकाले पनि नवीकरण गर्नुपर्ने छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड नियमावलीको नियम १२ एवम् भूमिगत स्रोतको पानी निकाल्ने तथा उपयोग गर्ने अनुमतिपत्र जारी गर्नेसम्बन्धी निर्देशिका २०७१ को दफा ३ बमोजिम अनुमतिपत्र लिनुपर्ने र सोही निर्देशिकाको दफा २० मा ‘अनुमतिपत्र नवीकरणसम्बन्धी व्यवस्था’ बमोजिम नवीकरण गर्नुपर्ने भएको हो ।

अन्तिम पटकका लागि सूचना जारी गरिएको बताउँदै बोर्डले अटेर गर्नेलाई जरिवाना एवम् अनुमतिपत्र रद्द गरी भूमिगत स्रोतको पानी उपयोगमा रोक लगाउने चेतावनीसमेत दिएको छ ।

टिप्पणीहरू