हाडनाताभित्रको विवाहबारे बोल्दा विवादमा परेकी भगवती पाण्डेविरुद्ध वारेन्ट जारी

हाडनाताभित्रको विवाहबारे बोल्दा विवादमा परेकी भगवती पाण्डेविरुद्ध वारेन्ट जारी

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केही समयअघि सञ्चारमाध्यमलाई दिएको विवादास्पद अभिव्यक्ति प्रकरणलाई लिएर प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । 

आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ र मगर समुदायका विभिन्न संघसंस्थाले दिएको उजुरीको आधारमा पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीमािथ जातीय भेदभावसहित दुईवटा कसूरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ ।  
पक्राउ पुर्जी जारीसँगै उनको खोजी भइरहेको काठमाडौँ प्रहरीको भनाई छ । 

प्राइम टेलिभिजको अन्तर्वातामा पाण्डेले तामाङ्ग समुदायमा हाडनाताभित्र विवाह हुने गरेको र त्यस्ता अमाबाबुबाट जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । उनको उक्त अभिव्यक्तिको संसदमा समेत विरोध भएको थियो ।

टिप्पणीहरू