बिश्वम्भरलाई प्रधानन्यायाधीश छान्ने बैठक भोलि

बिश्वम्भरलाई प्रधानन्यायाधीश छान्ने बैठक भोलि

संवैधानिक परिषदको बैठक भोलि दिउँसो बोलाइएको छ । ४ बजे बस्ने बैठकमा नयाँ प्रधानन्यायाधीशबारे छलफल हुने बताइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण आगामी शनिबारदेखि अवकाश पाउनुहुने भएको छ । सर्वोच्चमा आधा दर्जन न्यायाधीशको पद रिक्त छ ।

यता,कानुनमन्त्री धनराज गुरुङका कारण लामो समयदेखि न्यायपरिषद बैठक बस्न सकेको छैन । उच्च र जिल्ला अदालतमा क्रमशः ५३ र ३८ जना न्यायाधीश रिक्त भइसकेको छ ।

टिप्पणीहरू