मुसो फेला नपरेपछि यतिको विमान ‘ग्राउण्डेड’
यती एयरलाइन्सको एउटा विमान पोखरामा ग्राउण्डेड भएको छ । काठमाडौं उड्न ठिक्क परेको जहाजमा मुसा देखिएपछि उडान रोकिएको हो ।
आज बिहान पौने १२ बजे यात्रुहरु बोर्डिङ गरिसकेपछि विमान रोकिएको हो । बिहानदेखि खोज्न थालिएको मुसो अपरान्ह साढे ४ बजेसम्म फेला परेको छैन ।
मुसो खोज्न र थप प्राविधिक परीक्षणका लागि काठमाडौंबाट इञ्जिनियरहरुको टोली पोखरा पुगेको छ ।
टिप्पणीहरू