सवैंधानिक पदका लागि खुला दरखास्त आह्वान

सवैंधानिक पदका लागि खुला दरखास्त आह्वान
सुन्नुहोस्

सवैंधानिक परिषद्नले सवैंधानिक निकायमा रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । 

परिषद सचिवालयले आज सूचना प्रकाशित गर्दै महालेखा परीक्षक, निर्वाचन आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोगको सदस्य पदका लागि आवेदन माग गरेको हो । नेपालको संविधानबमोजिम सवैंधानिक निकायको पदमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी आगामी १५ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटको सूचना तथा समाचार खण्डभित्र उपलब्ध फाराम भरी विद्युतीय प्रतिसहित बुझाउन वा सवैंधानिक परिषद्को सचिवालयको इमेलमा पठाउन भनेको छ । 

साथै, एकभन्दा बढी पदका लागि आवेदन गर्ने भएमा सोको प्राथमिकतासहित छुट्टाछुट्टै फाराम भर्न पनि भनिएको छ ।
 

टिप्पणीहरू