ठेक्का अलपत्र पार्ने दुई दर्जन ठेकेदार कालोसूचीमा
ठेक्का ओगट्ने तर निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने करिब दुई दर्जन ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रतिबद्धताबमोजिम काम सम्पन्न नगर्ने २३ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि डेढ वर्षसम्मका लागि कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन नपाउने गरी कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कालोसूचीमा पर्ने ठेकेदार कम्पनीहरुमा श्री पप्पु-कोशी एण्ड न्यौपाने जेभी, श्री नतासा निर्माण सेवा, श्री त्रिवेणी निर्माण सेवा, श्री समृद्ध निर्माण सेवा, श्री वननिर्माण बिल्डर्स प्रालि, श्री चेतना-युकेएन जेभी, श्री बिकेबि कन्स्ट्रक्सन एण्ड सप्लायर्स, श्री ब्लुबर्ड डिजाइन एण्ड कन्स्ट्रक्सन, श्री बुढाथोकी निर्माण सेवा रहेका छन् ।
त्यस्तै, श्री नयाँ निर्माण सेवा, श्री शुभम कन्स्ट्रक्सन, श्री एके कन्स्ट्रक्सन, श्री केआर निर्माण सेवा, श्री माबोहांग निर्माण सेवा, श्री अरभान कन्स्ट्रक्सन प्रालि, श्री लामा बुद्ध निर्माण सेवा टाटा सामग्री आपूर्ति प्राइभेट लिमिटेड, श्री एक्सन बिल्डर्स प्रालि, श्री नुरी कन्स्ट्रक्सन, श्री एनजल निर्माण सेवा, श्री अनुस्थान कन्स्ट्रक्सन, श्री युद्ध निर्माण सेवा र श्री जय भगवती निर्माण सेवालाई पनि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
टिप्पणीहरू