साउदीले उपलब्ध गराएको सहयोगबारे बालुवाटारमा छलफल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कुराकानी भएको हो ।
भेटमा द्विपक्षीय हित र साझा चासोबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सो अवसरमा साउदी सरकारले नेपाललाई उपलब्ध गराएको विभिन्न सहयोग सम्बन्धमा पनि छलफल भएको बताइएको छ ।
टिप्पणीहरू