आवास कम्पनीको महाप्रबन्धकका लागि खुला प्रतिस्पर्धा

आवास कम्पनीको महाप्रबन्धकका लागि खुला प्रतिस्पर्धा

राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धाद्धारा पदपूर्ति गरिने भएको छ । 

सहरी विकास मन्त्रालयले रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । 

महाप्रबन्धकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण गरेको र सम्बन्धित क्षेत्रको कुनै पनि संगठित संस्था वा कम्पनीमा प्रमुख वा सदस्य वा व्यवस्थापक भई कार्य गरेको अनुभव हुनुपर्नेछ । 

सूचनामा दरखास्त फाराम सहरी विकास मन्त्रालय (कर्मचारी प्रशासन शाखा) मा बुझाउन सकिने र यससम्बन्धी विस्तृत जानकारी पनि मन्त्रालयको वेबसाइटबाट प्राप्त गर्न सकिने उल्लेख छ ।
 

टिप्पणीहरू