भारत कनेक्सनको पछिल्लो अवस्था

भारत कनेक्सनको पछिल्लो अवस्था

पाँच वर्षअघिको भारतीय नाकाबन्दीमा राजनीतिक कारण थियो । अहिले विश्वव्यापी महामारी कोरोनाको प्रकोप छ । यस्तो अवस्थामा नक्सा र राम जन्मभूमि अयोध्या बारे उसलाई जति रिस उठेपनि नाकाबन्दीको हदसम्म जान नसक्ने विश्लेषण गरिएको छ ।

मानवीय दृष्टिकोणबाट पनि भारत यसपटक विगतमाझैँ नाकाबन्दीको हदमा जाँदैन भनिएको छ । उसले निर्यातजन्य वस्तुमा करलगायतको विषय उठाएर अप्ठेरो पार्ने योजना बनाएपनि महामारीमा त्योसमेत मानवीय दृष्टिकोणले उपयुक्त नभएको भन्दै त्यत्तिकै पन्छाएको स्रोतको दाबी छ ।

उदाहरणको लागि नेपालमा रहेका पेट्रोलियम पदार्थ र ग्याँसका डिलर तथा बिक्रेताहरूको विभिन्न संगठनलाई लगाएर कोरोना संक्रमणको भयावह कारण देखाउँदै ती पदार्थको निर्यात रोक्ने तयारी थियो । त्यसपछि यताका नेपाली डिलर तथा बिक्रेताहरूले पनि आन्तरिक बितरण रोकेपछि महामारीसँगै अत्यावश्यक पदार्थको हाहाकार हुने तर नाकाबन्दी गर्न नपर्ने योजना बुनिएको बताइन्छ ।

यसबीच भारतले विभिन्न च्यानलबाट नेपाललाई हिन्दु राज्य बनाइदिने प्रस्ताव गरेको चर्चा चलाइएको छ । हिजो परराष्ट्र मन्त्रीलाई साक्षी राखेर दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा मुख्यगरी हाम्रा प्रधानमन्त्रीले ११ मिनेट बोल्नुभएको थियो । हिजै भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा दुई प्रधानमन्त्रीबीच कोरोना महामारीसँग जुध्न दुबै मुलुकले संयुक्त पहल गर्ने विषयमा कुराकानी भएको उल्लेख छ ।

टिप्पणीहरू