भूकम्प प्रभावित क्षेत्रको कृषि उकास्न आठ करोड युआन निकासा

भूकम्प प्रभावित क्षेत्रको कृषि उकास्न आठ करोड युआन निकासा
सुन्नुहोस्

भूकम्प प्रभावित चीनको सिचाङ, टिंग्री काउण्टी क्षेत्रको कृषिमा चीन सरकारले राहतको घोषणा गरेको छ । चीनको अर्थ मन्त्रालयले गत मंगलबार बिहानको भूकम्पले कृषि क्षेत्रमा पुर्याएको क्षतिबाट स्थानीय जनतालाई राहत दिन आठ करोड युआन छुट्याएको सिन्हवा समाचार समितिले जनाएको छ । 

यसबाट सिचाङका खेतबारी, पशुपक्षीका गोठलगायत भौतिक संरचनामा भएको क्षतिमा सहयोग पुग्ने विश्वास लिइएको छ । उक्त सहयोग रकम भूकम्पबाट भएको चौपाया क्षतिमा पनि क्षतिपूर्ति गरिने छ ।

राहत रकम प्रकोपपछिको अवस्थामा कृषि तथा रोग नियन्त्रण उपकरण खरिद, इन्धन, पशुआहार तथा अन्य सामान खरिदमा प्रयोग गरिने उल्लेख छ । यसबाट  भूकम्प प्रभावित क्षेत्रमा उत्पादन प्रणाली चाँडै पुनस्र्थापना गर्न र नोक्सानी न्यूनीकरणमा मद्धत पुग्ने विश्वास गरिएको छ।

टिप्पणीहरू