गभर्नर अधिकारी क्वारिण्टिनमा

गभर्नर अधिकारी क्वारिण्टिनमा

कोरोना संक्रमणको आशंकामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भैसेपाटीस्थित आफ्नै निवासमा क्वारिण्टिनमा बसेका छन् ।

बैंकको केन्द्रीय कार्यालयको सामान्य सेवा विभागका एकजना इञ्जिनियरलाई बिहीबार कोरोना पुष्टि भएपछि अधिकारीले होम क्वारिण्टिन रोजेको गभर्नर कार्यालयका एक जना कर्मचारीले बताएका छन् ।

स्रोतका अनुसार उनले इञ्जिनियरसँग दुई दिनअघि आफ्नै कार्यालयमा भएको निर्माणसम्बन्धी विषयमा लामो छलफल र प्रत्यक्ष कुराकानी गरेका थिए । त्यसको भोलिपल्ट उनमा कोरोना पुष्टि भएको रिपोर्ट आएपछि अधिकारी शुक्रबारदेखि क्वारिण्टिनमा बसेका हुन् । यसअघि बैंकको मुद्रा व्यवस्थापन विभागमा एक जना र वीरगञ्ज कार्यालयका दुईजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

टिप्पणीहरू