हिजो पक्राउ गरिएको ठाउँमा आज ठेकेदारहरुको भीड
काठमाडौंमा आन्दोलनरत निर्माण व्यवसायीहरु हिजोदेखि जावलाखेलमा पनि धर्नामा बसेका छन् ।
माइतीघर, बबरमहल र नयाँ बानेश्वरमा आन्दोलन गर्दै आएका उनीहरु जावलाखेलस्थित सिंचाइ विभागको मूल गेटमा आन्दोलन गर्न पुगेका छन् ।
आफूहरुले महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाको नेतृत्वमो धर्ना दिएको आन्दोलनकारीहरुले बताएका छन् । नौ बुँदे माग अघि सार्दै भएको आन्दोलनमा हिजो झण्डै ५० जनालाई सोही स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
टिप्पणीहरू