निजामती सेवामा नवौं र एघारौँ तहका लागि आवेदन माग

निजामती सेवामा नवौं र एघारौँ तहका लागि आवेदन माग
सुन्नुहोस्

मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका लागि दरखास्त आह्वान गरेको छ । 

आज सूचना प्रकाशित गर्दै आयोगले  एघारौं र नवौं (अप्राविधिक-प्राविधिक) तहका लागि आवेदन माग गरेको हो । खुला, समावेशी तथा अन्तरसेवा प्रतियोगितात्मक परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ । 

तोकिएको न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी भद्रौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यस्तै, दोब्बर दस्तुर तिरेर असोज ३ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

टिप्पणीहरू