पोखरा गएको चिनियाँ जनमुुक्ति सेनाको टोली राजधानी फिर्ता

पोखरा गएको चिनियाँ जनमुुक्ति सेनाको टोली राजधानी फिर्ता

नेपाल भ्रमणको क्रममा पोखरा पुगेको चिनियाँ जनमुक्ति सेनाको टोली आज बिहान राजधानी फिर्ता भएको छ । तिब्बत मिलिटरी कमाण्डका डेपुटी कमाण्डर तथा मेजर जनरल युये आन्दे नेतृत्वको आठ सदस्यीय टोली हिजो बिहान सवा १० बजेको समयमा काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो ।

टोली नेपाली सेनाको एनए ०६२ कासा विमानमा फर्केको बताइन्छ । जनमुक्ति सेनाको बोर्डर डिफेन्स डेलिगेसन टिमका आठ सदस्यीय टोली साढे १० बजे काठमाडौं आइपुगेको हो ।

चालक दल र नेपाली सेनाका अधिकृतहरुसमेत गरी १६ जना हिजो पोखरा गएका थिए ।
जनमुक्ति सेनाको सीमा सुरक्षा प्रतिनिधिमण्डल टोलीसँगै नेपाली सेनाको सैन्य जासुसी निर्देशनालयका निर्देशक सहायक रथी सुनिलराज विष्ट, उपरथी आशिष नरसिंह राणा, सहायक रथी रामसुन्दर बोहोरा त्यता गएका हुन् ।

टिप्पणीहरू