एउटै उडानमा पूर्वसभामुखदेखि अदालतका न्यायाधीश नयाँ दिल्ली प्रस्थान
पूर्वसभामुख दमननाथ ढुंगाना नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ दिउँसो पौने २ बजेको नेपाल वायु सेवाको उडान नम्बर आरए २१७ मा काठमाडौंबाट त्यता जानुभएको हो ।
उक्त उडानमा पूर्व उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि हुनुहुन्छ ।
विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधीश शारङ्गा सुवेदी पनि आजै सोही उडानमा नयाँ दिल्ली जानुभएको छ ।
टिप्पणीहरू