वैदेशिक रोजगार विभागमा जान परिचयपत्र अनिवार्य

वैदेशिक रोजगार विभागमा जान परिचयपत्र अनिवार्य

वैदेशिक रोजगार विभागले कार्यालय प्रवेशका लागि परिचयपत्र अनिवार्य गरेको छ । कार्यालयभित्र अनाधिकृत व्यक्तिहरु प्रवेश गरी अनावश्यक भिडभाड हुँदा सेवाप्रवाहमा कठिनाई उत्पन्न भएको भन्दै विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले सेवाप्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा कार्यालयको प्रशासनिक भवनभित्र प्रवेश गर्दा इजाजतपत्रवाला संस्थाका सञ्चालक, प्रतिनिधिले अनिवार्य रुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचयपत्र लग्नुपर्ने जनाएको छ । त्यस्तै, अन्य सेवाग्राहीको हकमा आफ्नो परिचय खुल्ने कागजात लैजानुपर्ने बताइएको छ । 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘विभागमा कार्यरत कर्मचारीहरुले सेवाग्राहीलाई सहज र सरल रुपमा सेवाप्रवाह गरिरहेको अवस्थामा अनाधिकृत व्यक्तिहरु प्रवेश गरी अनावश्यक भिडभाड गर्दा सेवाप्रवाहमा कठिनाई परेको सन्दर्भमा सेवाप्रवाहमा सहजीकरण तथा अन्य कामको सिलसिलामा कार्यालयको प्रशासनिक भवनभित्र प्रवेश गर्नुहुने इजाजतपत्रवाला संस्थाका सञ्चालक, प्रतिनिधिले अनिवार्य रुपमा नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जारी गरेको परिचयपत्र लगाउनुहुन एंव अन्य महानुभावहरुले आफ्नो परिचय खुल्ने कागजात साथमा लिई आउनुहुन अनुरोध छ ।’
 

टिप्पणीहरू