शेरबहादुरका सास्ती

शेरबहादुरका सास्ती

सत्तारुढ नेकपा विभाजनको खतरा तत्कालका लागि टरेसँगै त्यसबाट सबभन्दा बढी निराश हुनुभएको छ, कांग्रेस सभापति शेरबहादुर देउवा ।

शेरबहादुरको आशा थियो पार्टी छिटो फुटोस् भन्ने तर नफुट्ने भएपछि उहाँलाई आन्तरिक व्यवस्थापनमा गाह्रो परेको छ । नत्र, कांगे्सका एकथरि सत्ताप्रेमीहरु सबै शेरबहादुरसँग जान्थे । तर, नेकपा एक रहिरह्यो भने आन्तरिक किचलोकै कारण सरकार जतिसुकै अलोकप्रिय भए पनि कांग्रेसलाई मुकाबिला गर्न गाह्रोपर्छ भन्ने ठम्याई शेरबहादुरले गर्नुभएको छ ।

यस्तो स्थितिमा गिरिजाप्रसाद कोइराला हुनुभएको भए सरकारको यही रवैयाको व्यापक प्रचार गरेर जनमत आफ्नो पक्षमा निर्माण गर्ने काम भइसकेको हुने थियो । प्रतिपक्षी कमजोर हुँदा सत्तापक्षको कमजोरी जनताबीच प्रचार हुन पाएको छैन ।

टिप्पणीहरू