राजा फर्काउन राजधानीमा राप्रपाको जुलुस

राजा फर्काउन राजधानीमा राप्रपाको जुलुस
सुन्नुहोस्

राजसंस्था फर्काउने अभियानमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपा आन्दोलनमा उत्रिएको छ । राजसंस्थाको पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा माहोल बनाउन सो पार्टीले आज काठमाडौंमा प्रदर्शनसहित विरोधसभा गरेको हो ।

भृकुटीमण्डपमा आयोजित विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलगायतका  शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ । सभाअघि अध्यक्ष लिङ्ग्देनको नेतृत्वमा जुलुस निस्किएको थियो । जुलुसमा उपाध्यक्ष बुद्धिमान तामाङ, बिक्रम पाण्डे, सांसद दिपक बाहादुर सिंह, ध्रुवबहादुर प्रधान, सशस्त्र प्रहरीका पूर्वएआइजी ठाकुर मोहन श्रेष्ठ, महिला संगठनका अध्यक्ष अञ्जना शाह रावललगायत सहभागी थिए । 

हजारौँको संख्यामा जुलुसमा उपस्थित राप्रपाका कार्यकर्ताले 'राजसंस्था पुनर्स्थापित गर', 'देशभित्रै रोजगारी व्यवस्था गर', 'गणतन्त्र विदेशीको करिया हो ,संघियता भरिया हो', 'गौवंस हत्या बन्द गर', 'हिन्दुरास्ट्र कायम गर', 'संघीयता खारेज गर', 'राजसंस्था देशको सान हो', 'दलित शब्द खारेज गर' लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।  

भृकुटीमण्डपबाट शुरु भएको जुलुस भद्रकाली, शहीदगेट, सुन्धारा, वीर हस्पिटल हुँदै रत्नपार्क शान्तिबाटिकामा पुगेर विरोधसभामा परिणत भएको हो । अहिले बिरोधसभा चलिरहेको छ ।

टिप्पणीहरू