टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)

टुँडिखेलमा संविधान दिवसको रौनक (फोटो फिचर)
सुन्नुहोस्

आज विभिन्न कार्यक्रम गरि देशभर संविधान दिवस मनाइँदै छ । सोही क्रममा टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहको आयोजना गरिएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानसेनापति प्रभुराम शर्मालगायत विशिष्ट व्यक्तिहरुको सहभागिता थियो । त्यस्तै, सांसदहरु, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी नियोगका प्रमुखलगायत पनि समारोहमा उपस्थित भए । 

सो अवसरमा विभिन्न समुदायका सांस्कृतिक प्रस्तुति देखाइनुका साथै नेपाली सेनाले आफ्नो कला कौशल प्रदर्शन गरेको थियो । त्यस्तै, सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गर्नुका साथै ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शनसमेत गरिएको थियो ।


 

टिप्पणीहरू