प्रधानमन्त्रीलाई चिनियाँ सेनाको सलामी,उताका प्रधानमन्त्रीसँग भेट शुरु

प्रधानमन्त्रीलाई चिनियाँ सेनाको सलामी,उताका प्रधानमन्त्रीसँग भेट शुरु

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी लि छ्याङबीच बेइजिङको ग्रेट हल अफ दि पिपुलमा भेटवार्ता भएको छ ।

त्यसअघि दाहाललाई चिनियाँ प्रधानमन्त्री लिले  स्वागत गरेपछि चिनियाँ सेनाले सलामी अर्पण गरेको थियो ।  भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्ष, द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको बताइएको छ ।

यसअघि आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकँग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।

टिप्पणीहरू