‘मन लगाऔँ मुटु बचाऔँ’

‘मन लगाऔँ मुटु बचाऔँ’
सुन्नुहोस्

विश्व मुटु दिवसको उपलक्ष्यमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिँदै छ । विकसित मुलुकपछि पछिल्लो समय नेपालमा पनि मुटुरोगीको संख्या बढ्दो छ ।

नसर्ने रोगको जोखिममध्ये मुटु रोग नेपालमा पनि प्रमुख समस्याका रूपमा देखिएको बताइन्छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चार वर्षअघि गरेको अध्ययनले बिरामीको कुल मृत्युको ७१ प्रतिशत नसर्ने रोग प्रमुख कारण देखाएको छ । त्यसमा सबैभन्दा बढी २८ प्रतिशत मुटु रोग हो । 

अधिक चिल्लो पदार्थको सेवन, धुम्रपान, मध्यपान मुटु रोगको प्रमुख समस्या हो । सरकारले १५ वर्षमुनिका र ७५ वर्ष माथिकालाई मुटुको उपचार निःशुल्क गरेको छ । 

यो वर्षको विश्व मुटु दिवसको नारा ‘मन लगाऔं, मुटु बचाऔं’ राखिएको छ ।
 

टिप्पणीहरू