पदभार ग्रहण नगर्दै नयाँ हाकिम बिदामा

हाकिम नटिक्ने सरकारी अड्डाको नकारात्मक छवि बनाएको सिरहाकाे लहान नगरपालिकाले फेरि नयाँ प्रशासकीय अधिकृत पाएको छ ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत ६ महिना नबित्दै सरुवा मिलाएर गएपछि जिल्ला समन्वय समिति पर्साबाट राजुप्रसाद साह आज कार्यालय सम्हाल्न आइपुगेका हुन् । उनले आज पदभार ग्रहण पनि गरेका छन् । मेयर महेश चाैधरी, उपमेयर राचलितर महताेलगायत नगरका कर्मचारीहरूले प्रशासकीय अधिकृत साहलाई कार्यालयमा स्वागत गरेका थिए ।
यसअघिकी शुभद्रा गाैतमले हाजिर भएकाे ६ महिना बित्न नपाउँदै मेयर चाैधरीकाे तानाशाही प्रवृत्ति सहन नसक्ने भन्दै आफ्नै पहलमा सरूवा मिलाएर घरपायक पर्ने लुम्बिनी प्रदेशकाे मुख्यमन्त्री कार्यालय रोजेपछि हाकिमको कुर्सी सम्हाल्न आइपुगेका साह पनि आजै बिदा मिलाएर घरतिर लागेका छन् ।
निवर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश साह हलुवाईले करिव सवा १० बजे स्वागतपछि पदभार ग्रहण गरेका साह ३ नबज्दै कार्यालयबाट बाहिरिएको बताए । उनले करिव १ महिना निमित्तकाे जिम्मेवारी आफूले सफलतापूर्वक पूरा गरेकाे पनि दावी गरे ।
टिप्पणीहरू