टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

टुँडिखेलमा फूलपाती बढाइँ (फोटो फिचर)

नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँ गरेको छ ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललाई सलामी अर्पण गरेको थियो । उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रीहरु र सरकारी उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको सेनाले जनाएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट टुँडिखेलमा पुष्पवृष्टिसँगै तोप पड्काइएको थियो । सोही समयमा हनुमानढोकाको दशैंघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको थियो ।

टिप्पणीहरू