गौरव राष्ट्रको, हालिमुहाली भ्रष्टको

गौरव राष्ट्रको, हालिमुहाली भ्रष्टको

रानी जमरा र सिक्टा सिंचाई आयोजना । यी भनेका देशका सबभन्दा ठूला आयोजनामा पर्छन् । तर, व्यक्तिका कारण राष्ट्रिय गौरवका आयोजनाहरु कसरी प्रभावित हुन्छन् भन्ने उदाहरण खोज्न टाढा जानुपर्दैन । त्यहीँ भेटिन्छ ।

दुई अर्ब १३ करोडको भ्रष्टाचार ठहर भएर पूर्वमन्त्री विक्रम पाण्डे र चार आयोजना प्रमुखसहित २१ जनामाथि चलेको मुद्दा किनारा लागेको छैन । तर, २५ अर्ब लागतको उक्त आयोजनामा फेरि पनि नियत बिगार्दै काम अगाडि बढाइएको छ ।

अहिले सिंचाईं मन्त्रालयले आयोजना प्रमुखहरु फेर्न लागेको छ । तर, नियमविपतिर एक वर्षदेखि त्यहाँ ढलिमली गर्दै आएका तल्लो दर्जाका हाकिम फेरि पनि त्यहीँ टिकिरहेका छन् ।  

सहसचिवको दरबन्दी भएको त्यहाँको कार्यालय प्रमुखका रुपमा उपसचिवस्तरका इञ्जिनियर लोकबहादुर थापा काम गरिरहेका छन् पहिला सहसचिव श्रीकृष्ण नेपाल त्यसका प्रमुख थिए । तर, स्याङ्जाका बासिन्दा लोकबहादुरले पोहोरै मन्त्री वर्षमान पुनलाई रिझाए । विभागका महानिर्देशक मधुकर राजभण्डारीलाई पनि खुशी राख्दै आएका छन् । र, नियमविपरित दोस्रो वर्षको कार्यकाल खाइरहेका छन् ।

लोकबहादुर त्यहाँ गएपछि चार इञ्जिनियरको दरबन्दीमा कोही पनि जान मानेनन् । जबकी, सिक्टामा इञ्जिनियर र कर्मचारी जानका लागि हानाथाप गर्छन् । त्यहाँ जानका लागि पैसाको चलखेल पनि त्यत्तिकै हुन्छ । तर, इञ्जिनियरको दुई दबरन्दी अझै खालि छ । झापाबाट इञ्जिनियर यादव बराल र सन्तोष चौधरी हाजिर त भए, तर त्यहाँ बस्न मानेका छैनन् । उनीहरु हाकिमको सरुवा नभएसम्म काम गर्न नसकिने भन्दैछन् । जागिर त्यहाँ छ, मान्छे घरमै बसेका छन् ।

लोकबहादुर निमित्त कार्यालय प्रमुख हुन्, तर कार्यालय सहयोगीदेखि चालक र लेखाको काम पनि आफैँ चासो राख्छन् । कुनै काममा दुई रुपैयाँ बच्छ भने पनि बिल मिलाएर आफ्नै खल्तीमा हाल्छन् ।

इञ्जिनियर यादव बराल झापाबाट हाजिर हुन त्यहाँ गए । उनलाई छोड्न गएको गाडी फर्किंदा लाहानमा बिग्रियो । चालकले लोकबहादुरलाई फोन गरे । गाडी मर्मतको पैसा पठाउनुको सट्टा गाडी बाटै छाडेर जान भने ।

यी लोभी हाकिम केही साताअघि याङ्जा जान्छु भनेर हिँडेका, थिए । तर, काठमाडौं गएर मन्त्री खुशी पार्न भ्याए । यस्तो गर्दा परियोजनाको प्रगति प्रभावित भएको छ । 

टिप्पणीहरू