राजतन्त्र माग्नेहरू चेतनाहीन मुर्ख हुन् : एमाले अध्यक्ष

राजतन्त्र माग्नेहरू चेतनाहीन मुर्ख हुन् : एमाले अध्यक्ष

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याँकेको राजतन्त्र फर्काउने प्रयास मूर्खताबाहेक केही नभएको टिप्पणी गर्नुभएको छ ।

च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित राष्ट्रिय युवासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । जनताले १५ वर्षअघि नै राजतन्त्र काम लाग्दैन भनेर फालिसकेको भन्दै ओलीले त्यसलाई फेरि फर्काउन खोज्नु चेतना नभएकाहरुको मूर्खता हो भन्नुभयो । 

‘त्यस्तो एउटा प्रेतका पछाडि नलीखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन् । कठैबरी, नागरिक सर्वोच्चता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो’, उहाँले भन्नुभयो । 

ओलीले राजतन्त्रकै कारण शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा त्यसबेला मुलुकको विकास हुन नसकेको पनि उल्लेख गर्नुभयो ।

टिप्पणीहरू