एमसीसीको अर्को टोली मध्यराती नेपाल ओर्लियो
अमेरिकी सहयोग परियोजना एमसीसीको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । एमसीसी कम्प्याक्ट अपरेसन विभागको ट्रान्सपोर्टेसन तथा भर्टिकल स्ट्रक्चर समूहका सिनियर डाइरेक्टर योहानेस अबेबे नेतृत्वको टोली कतार एअरवेजको उडान नम्बर क्युआर ६४४ मा दोहाबाट राति साढे १ बजे काठमाडौं आइपुगेको हो ।
अबेबे एमसीसीको ग्लोबल प्राक्टिस लिडर तथा सिनियर डाइरेक्टर हुन् । उनीसँगै अन्य दुई जना पनि यता आएका छन् । अमेरिकी अधिकारीहरुको नेपाल भ्रमणबारे नेपाल सरकारले औपचारिक जानकारी दिएको छैन ।
टिप्पणीहरू