जिल्ला अदालतबाट हिजो फरार,आजै पक्राउ

जिल्ला अदालतबाट हिजो फरार,आजै पक्राउ

काठमाडौं जिल्ला अदालत परिसरबाट हिजो फरार थुनुवा कमल खड्का कोटेश्वर जडिबुटीमा फेला परेका छन् । उनलाई न्यू दोलखाली गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरी वृत्त महारागञ्जका नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्री र जिल्ला प्रहरी परिसर टेकूको संयुक्त टोलीले खड्कालाई पक्राउ गरेको हो । म्याद थपका लागि हिजो जिल्ला अदालतमा उपस्थित गराउने क्रममा उनी एकाएक फरार भएका थिए । 

डलर ठगीको आरोपमा पक्राउ परेका उनी सिन्धुपाल्चोक बाह्रबिसेका हुन् । उनले लगाएको हत्कडी र थुनुवा ज्याकेट भने भक्तपुर, चाँगुनारायण–१ दुवाकोटस्थित कोठामा फेला परेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू