जंगी अड्डामा कर्नेल आतंक

जंगी अड्डामा कर्नेल आतंक

जंगी अड्डाको सम्भार विभागतर्फ लेखा शाखामा खुराफाती कर्नेल सौरभ बस्नेत कार्यरत साढे २ वर्षदेखि अड्डा जमाएर बसेका छन् । उनले सैनिक सचिव ज्योतिन्द्र महत र प्रधानसेनापतिका सहायक जर्नेल विष्णु खड्काको साथ पाएको हुँ भन्ने गर्छन् । प्रधानसेनापति आफ्नै हुन्, मैले जे जाहेरी लग्यो त्यही स्वीकृत हुन्छ भन्नसमेत पछि परेका छैनन् । 

सम्भार रथी विभाग नेपाली सेनालाई देश र विदेशवाट सामान आपूर्ति गराउने महत्वपूर्ण अंग हो । उनले घर जान लागेका बैतडा जर्नेल उपरथी हीरालाल जोशीसँग मिलेर ठेकेदारहरूलाई कार्यालय र निवासमा बोलाई कोशेली तान्ने गरेका छन् । हीरालाल जोशी यही पुस २० गतेदेखि अवकाश हुने गरी बिदा बस्दै छन् । अवकाशको मुखमा २÷४ करोड आउँछ कि भन्ने आशामा सौरभका गल्तीप्रति आँखा चिम्म गरेका हुन सक्छ ।

हीरालाल र सौरभहरूले कोरियाबाट हतियार आपूर्ति गर्ने ठेकेदार, चीन र भारतबाट एपिसी, गाडी र गोला बारुद ल्याउन व्यहोरा बुझ्न सकिन्छ । उनले कात्तिक मंसिरमा नेपाली सेनाको वार्षिक रासन ठेक्कापट्टामा समेत प्रबन्ध रथी विभाग (खाद्य तथा परिवहन)तर्फ आफ्नो इन्ट्रेस्टका ठेकेदारलाई काम दिन निकै कसरत गरेका थिए ।

स्टाफ कलेज नगरेका उनले उपरथी विष्णु राउतजस्तो सफा हाकिमलाई समेत गुमराहमा पारेका छन् । फास्ट ट्र्याकको विभिन्न प्याकेजमा कार्यरत ठेकेदारहरूलाई पनि आगामी ठेक्का मिलाइदिन्छु भन्ने तर कामचाहिँ नगरिदिने गरेको गुनासो छ । 

– सम्भार रथी विभागको लेखा शाखामा कार्यरत कर्मचारीहरू

टिप्पणीहरू