अयोध्याका रामको सशुरालीमा दिल्ली अनुदानको विटा
– जगदीशराज बराल
“राष्ट्रको दीर्घकालीन हीत बिपरितका कुनै सम्झौताको आखाँ चिम्लेर समर्थन हिजो गरिएन,आज गरिन्न र भोली पनि गरिने छैन । भलै त्यस्तो समर्थन वा बिरोधको तात्विक केही अर्थ नहोस ! प्रसङ्गःभारतसँग भएका हालैका दुई सम्झौता !”(–लीला मणि पौडयाल,पूर्व मुख्य सचिब,नेपाल सरकार । सामाजिक सञ्जालको भित्तामा–१९ पुष बि.सं.२०८०) ।
नेपालीहरुको गफ गर्ने बानी मध्ये राजनीतिक गफ बढी गर्ने गर्छन । अनुत्पादक राजनीतिले मानिशलाई बेकामे बनाएपछि गफ गरेर समय व्यतित गर्दा मन हल्का शहुन्छ अनि मानसिक तनावपनि हल्का हुन्छ । पुष २० गते बिहान डुल्दा चिया पशलमा थुप्रै खैनी माड्ने एवं चीया चुरोट समाएका परिचितहरु भेटेपछि निवृत जीवनको फुर्सदलाई गफ सुनेर गुजार्ने बिचारले सवै पक्षका जानफकार गफास्टक राजनीतिज्ञले सिर्जना गरेको आशे मतदाता गफाडीहरुको जमघटमा आफुपनि बोल्दै नबोल्ने तर गफ सुन्ने गफाडीको हैशियतमा सहभागी भएँ । गफका विषय थप्दै गफ अघि बढ्यो -
(१) चीया चुरोटे खैनी गफाडि पार्टीका एक जना अघि देखि भावुक थिए । उनले १९ पुष बि.सं.२०८० मा समाज सेवी–बरिष्ठ सञ्चारकर्मी–राप्रपा नेता–साहित्य लेखिका–पूर्व फूटबाल खेलाडी– सचेत नेपाली नागरिक रमा सिंहले आफ्नो सामाजिक सञ्जालमा साझा गर्नु भएको कवि जी शाह–पूर्व राजा ज्ञानेन्द्रले रचना गर्नु भएको “विगतको सबै दुःख बिर्सिदेऊ,मायाले मायालाई भरिदेऊ । घृणाको आगोलाई कतै जलाइ देऊ,पहिले यो आगोलाई मिलेर निभाइ देऊ । भाग्यको सीमा हुँदैन,हुनु पनि हुँदैन,अब भाँचिएको टुक्राहरू जोडी देऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने,पहिले अन्याय अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरि फेरि षडयन्त्र नगर,त्यस्ताको चालबाट आफूलाई बचाइदेऊ ”भन्ने कविता वाचन गर्न पो थाले ।
कविता सकिय पछि दारी मज्जाले पालेका अर्का गफाडि नागरिकले पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले पूर्व राजा ज्ञानेन्द्रको शासन कालमा ई.सं.२००३ मा भारतीय दुतावासले नेपाल सरकारको अनुमति वाहेक उसले चाहेको नेपालको कुनै पनि भागमा चाहेको संख्याजतिका योजनाहरुमा नेरु ३ करोड सोझै लगानी गर्न सक्ने अनुदान गरेकोमा पछि पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बढाएर नेरू ५ करोडसम्म पुर्याउनु भएको थियो रे अब अहिलेका प्रधानमन्त्री प्रचण्डले सुन्नमा आएको समाचार अनुसार भारतीय दुतावासले नेपालमा आफुले चाहेको उच्च प्रभावयुक्त सामुदायीक बिकाश आयोजनाहरु (HICDPs-High Impact Community Development Projects) मा भारू २० करोड लगानी गर्न सक्ने सम्झौता गरेर नेपालमा इतिहासः कायम गर्नु भएपछि त पूर्व राजाले उत्पीडनको गुनासो अन्याय अत्याचार मुक्त जस्ता कविता हैन बरु ज्ञानेन्द्र राजाको पालादेखि शुरू भएको यस्ता प्रकृतिका अनुदान लगानी बढेर अबको नेरु २० करोडका दरका आयोजनाहरुमा पुग्ने भएकाले कवि जी शाहको कवितामा बर्णन गरेजस्तै देशभरी भारतीय सत्ताको ‘मायाले मायालाई भरिदेऊ’ नै हुनेछ,उहाँको पाला देखि प्रम सूर्य बहादुर थापा भएको बेला यस्ता अनुदान शुरु भए,अनि गुहमन्त्री कमल थापा हुँदाबिरगञ्जमा भारतीय बाणीज्य दुताबाश पनि खोलीयो , अव त अनुदान)गापाबाट ५ एवं नपाबाट १० प्रतिशत काउण्टर पार्ट अर्थात नेपाल सरकार कै सर्त निशर्त जे भएपनि स्थानीय निकायलनाई जाने अनुदानबाट त होला नी ) बढेर आकाश छोएको तथा कोशी प्रदेशमा ८४ मधेशमा ८१ बागमतिमा १०५ गण्डकीमा ६१ लुम्बिनीमा ६० कणालीमा १४ सुदुर पश्चिममा ४१ उच्च प्रभावका आयाजनाहरुमा भारतको अनुदानी लगानीको(भारतीय राजदुताबाशको प्रेश बिज्ञप्ती ०७ नोभेम्बर तथा मंशिर १४ अर्थात ३० नोभेम्बमा भएको पोर्ट फेलीयो परफरमेन्श रिभ्यू मिटिङ्ग ३० ई.सं.२०२३ ) दयामाया भएपछिको देशको हर्षित वाताबरणमा पूर्व राजा त खुशी हुनुपर्ने हैन र ? ।
म त खुशी छु भन्दै उनले कहिले नमिल्ने तराईका क्षेत्रीय नेता त मिलेर नेपाल भ्रभणमा रहेका भारतका बिदेश मन्त्री सुब्रह्मण्यम जयशङ्करसँग तस्वीर लिएछन,कस्तो राम्रो । महोत्तरी जिल्लासँग जोडिएको भारतको सीतामाढीमा भारतले सिता जन्मभूमि भन्दै धार्मिक निमार्णका कार्यहरु गरेको पनि कुनै मिशन कै कुरा होला,आआफ्ना मान्छे र ती मान्छे रहेको भएको क्षेत्रको लागि रु २० करोड जस्तै । । उनको गफ जारी थियो–
बाहीर सामाजिक सञ्जालमा साझा गरिएको उच्च प्रभाव आयोजनाको लागि प्रमले रकम बढाएर सही गरेको बारे अथमन्त्रालर्यकों बिज्ञप्ति पत्र सही हो भने त देशको बिकाशप्रति सांसद कोषले नपुगेर प्रचण्डको यस्तो थप अनुदानी सक्रियताको नेपालीले सम्मान गर्नै पर्छ । अव पहिले जस्तो राकेश शुद गाऊँ गाऊँ डुल्दा कशैले हल्ला खल्ला गरे भने बरु थप्पडै खाएर भएपनि प्रचण्ड आफैँले ब्यहोर्ने र हल्ला गर्नेलाई पनि स्थानीय स्तरमा एकान्तमा कुरा मिलाएर सर्व पक्षीय ऐक्त्याबद्धकायम गराउने रे त
अब सबै देशका राजदूतले यस्तै अझ बढी उच्च प्रभाव कायम गरे भने त नेपालको गाऊँ गाऊँमा नै सिङ्गो बिदेश हाजिर भएर डुल्दै बिकाश गर्ने भएकाले कोही देश छोडेर पढ्न–रोजगार खोज्न बिदेश भन्ने स्थानमा जानै पर्दैन है भनेर ४ पटक टेबलमा हात बजारेको दृश्य रमाइलो थियो ।
गफ सुनेपछि भारतको एक डिजिटल पत्रिकामा केही दिन अघि चर्चीत भारतीय प्राज्ञ एवं समाजशास्त्री ,बुद्धिजिवि तथा लेखकले नेपालमा राजतन्त्र ल्याउन सवै एक भएका थिए तर अहिले सैद्धान्तिक विचलनको कारण अवशर बाद हावी भएपछि बढेको जनअसन्तोष(प्रचण्डको शब्दमा ‘निराशाबाद’)ले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा प्रर्दशन गरेपनि सवै नेताहरु जनअसन्तोषबाट डराएकाले आफुहरु बच्न गणतन्त्रको पक्षमा फेरि एक हुने भएकाले राजतन्त्रको वापसी हुन नसक्ने धारणा एक लेख मार्फत दिनु भएको थियो ।
अमेरिकी,चिनीया,रुष बाहेकका राजदूतहरु यसैपनि गृहलाई समेत जानकारी नदिएर आफु खुशी गाऊँ गाऊँ डुल्ने गर्छन रे भन्ने कुरा मैले ५–६ बर्ष अघि सुनेको थिए(यशबारे पूर्णता अर्को गफमा ) । एमसीसीबाट त्रषित जनताहरु अर्थको २० करोडे साझेदारी अनुदानको सम्बन्धमा जारी अर्थको विज्ञप्तीप्रति विश्वस्त रहेनछन भन्ने गफको कुरामा झल्क्न्थ्यिो,जनता यी सव देखावटी हो भन्दै छन,गफको माध्यममा विचार दिएर । जनता त अलमलमा पो छन् ।
गफमा अर्को नयाँ कुरा एकजना अलि कुरा बुझका गफाडीले निकाले । उनी भन्दै थिए–भारतको मध्ये प्रदेशका सिवनी जिल्लामा काँगेसका पुराना नेता हरबंशसिंहका छोरा रजनीश सिंहलाई पराजित गरेर पहिलो पटक भाजपाबाट केवलारी क्षेत्रका विधायक (प्रदेश सभा सदस्य) भएका राकेश पाल सिंहले लखनादौन थानाका एकजना ट्राफिक प्रहरी निरीक्षक–टीआई नविन जैनलाई त्यहाँबाट सरुवा गर्न टीआई अराजक छन् गोकशीमा लिप्त पनि छन् र जैनले आफ्नो सशुरालीमा जुवा सट्टाबाजी खेलाउने काम हुँदा पनि केही कारवाही नगरी खुला छुट दिएकोले निजलाई सरुवा जशरी हुन्छ गर्नुहोला नत्र प्रदेश भाजपा अध्यक्ष र सङ्गठन महामन्त्रीलाई यसबारे भन्नु पर्ने अवस्था आउनेछ भन्दै आफुले ७ करोड भारु खर्च गरेर आएकाले कुनै घाँस काट्न विधायक बनेको नभएको हुँदा पार्टीकै अध्यक्षलाई पनि मेरो विधानसभामा कुनै हस्तक्षेप नगर्न सम्झाई सकेको भनेर प्रहरीका एक उच्च पदस्थ पदाधिकारीलाई भनेको कुराको अडियो भाइरल भएको भए पनि दैनिक जागरण यशको पुष्टि गर्दैन भनेर दैनिक जागरणमा समाचार छापिएको रहेछ । उताका कै नक्कल गर्लान नी हाम्रा प्रदेश सभाकाले भोली कालान्तरमा भन्दै गर्दा एफएम घन्काउँदै अर्को गफाडी आइपुगे ।
उनले एफएममा भनेको अव त नेपाल बिशाल को सट्टा मेरा भारत महान है जय नेपालको सट्टा भारत माता की जय–बन्देँ मातरमा को तयारी हो की क्या हो ,हाम्रा वडा सदस्य पनि चकाचक रे २० करोड नेरु भारतले स्थानीय निकायलाई दिने रे,‘प्रचण्ड जबहिँ मोहन किरण त्यागा–भयउ शुभचिन्तक बिनु तबहिँ अभागा’,जे होश सत्ता छोडनु पर्ने हो की भन्ने डरले हाम्रा प्रधानमन्त्री कर्मचारी भेटन गए हुन्छ हुन्छ अध्यादेशबाट ल्याउन,अरुले यश्तो भने ल निजगढ–शैक्षिक अनुबन्धन–एमसीसी–रामको एचआइसी सबै हुन्छ साहव–बाफ रे ओलीहुँदा त जो सुकैले लटरपटर गर्न न नपाउने पो रहेछन–हैट गलत काम गराउन ‘ओली हैतो मुश्किल है’ पो हुँदो रहेछ की क्या हो ए माओबादी साथी हो भनन् हौ मात्र के भन्न भ्याएका थिएँ गललगलल हाँसो उठ्यो ।
सम्बन्धित विषको गफले विषयलाई नै मेकअप गरेर नयाँ नयाँ नभएका नसोचेका कुराहरु जोडेर निराशाबादी बनाएको पो हो की भनेर महसुश हुन थालेको थियो । एक जनाले बराल सरलाई केही थाहा छ भनेर सोधे । मैले आफु अर्थ मन्त्रालय अन्तर्गतको सिन्धुली स्थित एक कार्यालयमा स्थानीय निकायको चुनाव नभएको बेला उहिले कार्यरत हुँदा नेपाली काँग्रेशका पूर्व मन्त्री तथा साँसद स्व.ध्रुव शर्मा ढकालको अर्धाङ्गनी दीप शीखा उम्मेदबार हुने मरिण डाढी क्षेत्रमा एउटा नयाँ विधालय भारतले बनाउन हो वा पुरै रुपरङ्ग फेरेर पुरानोलाई नयाँ बनाउने रे भनेर जिल्ला विकाश समितिका स्थानीय विकाश अधिकारीले बैठक बशाउनु भएको थियो रे भन्नसम्म सुनेका हो–सुनेको कुरा भरपर्दो हुँदैन मात्र के भन्न भ्याएको थिएँ ।
बीचमै रामेछापतिरका अर्काले तर ढुंग्रेबाशमा हो की धुरा बजारमा हो भारतीय दुताबाशले घर बनाउन हो या एम्बुलेन्श दिन हो एकिन नभए पनि भारतलाई जय हिन्द नै भन्न तयार थिए रे जनतालाई भन्ने सुनेको हो । जे होश भारतले सानो कुरामा नै मोहनी लाउँथ्यो अव त बिटाका बिटा के के हुने हो भनेर डर चाहिँ देखाए ।
बैदेशीक सहायता यशरी ओईरिएको बेला देशले अव काँचुली फेर्नेभयो भन्ने मनलाई लागेर आऽऽ यश्तो खुशीको कुरामा पनि खाली नकरात्मक सोचमा कुरा गर्ने र सोच सँगै धेरै कुरा बदल्न नसक्ने तपाईहरु गफाडीको यो देशमा काम छैन भन्दै डेरातिर लागेँ ।
(तस्वीर साभार : भारतीय राजदुत सहितको बैठक –भारतीय राजदुताबाश मार्फत द हिमालय टायम्श अंग्रेजी १५ मंशिर बि.सं.२०८० । अर्थको विज्ञप्ती सोसल मेडीया । भारतीय बिदेश मन्त्री सहितको सामाजिक सञ्जाल पुष २० गते बि.सं.२०८० अरुबाँकी फेशबुक रुटीन अफ दमक बन्द निरज १५ अगष्ट ई.सं.२०२३ मार्फत गुगल इन्टरनेट ०५ जनवरी ई.सं.२०२४ बिहानको ११.३९) ।
टिप्पणीहरू