वसन्त चाडमा ठूलो विमानको पहिलो व्यावसायिक उडान

स्रोत : सिन्ह्वा ।

चीनमा बनाइएको ठूलो विमान सी ९१९ले व्यावसायिक उडान थालेको छ । चाइना इस्टर्न एअरलाइन्सको उडान नम्बर एमयु ९१९७ को विमान १११ जना यात्रुसहित सांघाईबाट सिचुआन प्रान्तको छन्तु गएको बताइएको छ ।

हिजो बिहान साढे ८ बजेको समयमा सो विमानले सांघाईको होङछ्याओ अन्तर्राष्ट्रिय विमानस्थलबाट छन्तुका थिआनफु अन्तर्राष्ट्रिय विमानस्थलसम्मको उडान गरेको हो । चीनमा निर्मित उक्त ठूलो विमानको पहिलो व्यावसायिक उडान चिनियाँ वसन्त चाडको अवसरमा भएको छ । 

यो समयमा चीनमा यातायातका सबै साधनमा यात्रुको निकै ठूलो चाप हुन्छ । 

 

टिप्पणीहरू