विवाहेत्तर सम्बन्धका कारण प्रेमिकाको हत्या

विवाहेत्तर सम्बन्धका कारण प्रेमिकाको हत्या
सुन्नुहोस्

काठमाडौंको गौशालास्थित गेष्ट हाउसमा मृत फेला परेकी प्रमिला दमाईको विवाहेत्तर सम्बन्धका कारण हत्या भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले यसबारे जानकारी दिएको छ । 

शनिबार विजयचोकस्थित सिरहा–धनुषा गेष्ट हाउसमा रामेछापकी २८ वर्षीया प्रमिला मृत भेटिएकी थिइन् । आज आयोजित पत्रकार सम्मेलनमा परिसरका एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न रहेको आरोपमा दोलखाको वैघेश्वर गाउँपालिका–७ घर भई हाल काठमाडौंमा बस्दै आएका कुमार श्रेष्ठलाई नियन्त्रणमा लिएको बताए । 

उनका अनुसार रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ की मृतक प्रमिला काठमाडौंस्थित भीमसेनगोलामा आफ्नो श्रीमान नसे दमाईसँग डेरामा बस्दै आएकी थिइन् । दोलखाको एक रेडियो कार्यक्रममार्फत् प्रमिला र कुमारबीच चिनजान भएको बताइन्छ । उनीहरु दुवै विवाहित रहेको प्रहरीको भनाई छ । 

एसएसपी खत्रीले भने, ‘उनीहरुको दोलखामा मेरो साथी भन्ने रेडियो कार्यक्रममा भेट भएको थियो ।’ पछिल्लो समय प्रमिलाले आफूसँग विवाहको दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

टिप्पणीहरू