मोहन दाइसँग मन मरेकाहरु

मोहन दाइसँग मन मरेकाहरु

टेरामेक्स खरिद प्रकरणमा अख्तियारदेखि विभिन्न समितिको तारो बनेका स्वास्थ्यमन्त्री मोहन बस्नेतबाट केही पार लाग्दैन भन्दै अहिले उनकै आसेपासेहरू बिच्किन थालेका छन् । हाम्रो मोहन दाइ भन्दै पछि लागेका जिल्लाका कार्यकर्ताहरूले लगेका सेटिङका काम जस्ताको तस्तै सदर हुन छाडेपछि बस्नेतले डुबायो भन्दै हिँड्न थालेको चर्चा छ । 

बस्नेतले आफ्ना विश्वासपात्रको रूपमा भित्राएका नबिल बैंक घोराही शाखा प्रमुख विश्वरूप खड्का र नातामा भाइ पर्ने राजकुमार बस्नेत (होमबहादुर) मार्फत आएको कामलाई मात्रै विशेष ध्यान दिने गरेको बुझिएको छ । रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा निरन्तर धाइरहनेमा पर्दछन् । सिन्धुपाल्चोक नेपाली कांग्रेसका श्रवणकुमार जिसी । उनी यसअधि सुनकोशी गाउँपालिकाका अध्यक्ष थिए ।

उनले अहिलेसम्म लगेका एक दर्जनभन्दा धेरै काम नभए पछि रन्थनिँदै हिडेको खबर छ । काकाका छोरा बद्रि बस्नेत पनि दैनिक मन्त्रालय धाउनेमा पर्छन् । उनी मुख्यगरी टेकुतिरको काम ल्याउने गर्छन् । 

नेपाली कांग्रेस सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिको सभापति बताउने सुवास तिमल्सिना पनि यस्ता काम लिएर मन्त्रालय धाएको धायै छन् । खासा ब्यापार गर्ने व्यवसायीको आवरणमा भए पनि मुख्यगरी स्वास्थ्य सामग्री खरिदबिक्री गर्नु उनको धन्दा हो भनिन्छ । उनको काम पनि नभएपछि अब सकिँदैन भन्न थालेका छन् । रामकुमार थापाहरू पनि मन्त्रालयको सरुवामा लागिरहेकै छन् । 
 

टिप्पणीहरू