पक्राउ परेका दुई जनालाई अदालतमा बुझाइयो

पक्राउ परेका दुई जनालाई अदालतमा बुझाइयो

बैंकिङ्ग कसुर मुद्दाका फरार प्रतिवादी अमिरी राउत अहिर पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको टोलीले उनलाई आज नियन्त्रणमा लिएको जनाएको छ । परवानीपुर गाउँपालिका–१, रहरिया डिह टोल बस्दै आएका ६० वर्षीय उनी बैंकिङ्ग कसुरको मुद्दामा दोषी ठहर भएपछि फरार भएका थिए । 

जिल्ला अदालत वीरगञ्जले उनलाई बैंकिङ्ग कसुरमा मुद्दामा पाँच दिन कैदसहित सात लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । फैसलालगत्तै फरार उनलाई लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएपछि अदालतमा बुझाइएको छ । 

त्यस्तै अभद्र व्यवहार मुद्दाका फरार प्रतिवादी परवेज मियाँ पनि समातिएका छन् । बाराको परवानीपुर गाउँपालिका–१, बुनियाख टोल बस्दै आएका २२ वर्षीय उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । 

जिल्ला अदालत बाराबाट अभद्र व्यवहार मुद्दामा वरदातपश्चात् फरार उनलाई लुकिछिपी बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । मियाँलाई पनि अदालतमा बुझाइएको छ ।

टिप्पणीहरू