पाँच महिने छोरोको घाँटी थिच्ने निर्दयी आमा १० महिनापछि पक्राउ

पाँच महिने छोरोको घाँटी थिच्ने निर्दयी आमा १० महिनापछि पक्राउ
सुन्नुहोस्

पर्सामा पाँच महिने छोरोको हत्या अभियोगमा आमा पक्राउ परेकी छन् । वीरगञ्ज महानगरपालिका १७ की २२ वर्षीया आरती कुमारीलाई छोरो मारेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले गत वर्ष साउन २८ गते घरमा पाँच महिने छोरोको घाँटी थिचेर हत्या गरेकी थिइन् । त्यसलगत्तै उनी भागेर भारतको सिंहपुरस्थित हरैयाग्राममा बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

पर्सा जिल्ला अदालतले गत कात्तिक १९ गते आरतीविरुद्ध ज्यान कसुरको मुद्दामा पक्राउ पुर्जी जारी गरे पनि भारतमा रहेको कारण उनी पक्राउ परेकी थिइनन् । केही दिनअघि नेपाल आएको विशेष सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

उनलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ ।
 

टिप्पणीहरू