दुबईमा पक्राउ परेका दुई जनालाई काठमाडौं ल्याइयो
इन्टरपोलले रेड नोटिस जारी गरेका दुई जना नेपाली दुबइमा पक्राउ परेका छन् । मोरङको लेटाङ घर भएका ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासीको मध्यबिन्दु घर भएका २३ वर्षीय सन्तोष न्यौपानेलाई काठमाडौं ल्याइएको छ ।
मोरङ जिल्ला अदालतले ज्यान कसुर मुद्दामा लिम्बूविरुद्ध र काठमाडौँ जिल्ला अदालतले न्यौपानेविरुद्ध विद्युतीय कारोबार कसूर मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि लामो समयदेखि फरार थिए ।
उनीहरु वैदेशिक रोजगारीका लागि युएई पुगेको पत्तो लागेपछि नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले रेड नोटिस जारी गरेको थियो । युएई प्रहरीको समन्वयमा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ ।
लिम्बूलाई इलाका प्रहरी कार्यालय लेटाङ र न्यौपानेलाई साइबर ब्यूरोले थप अनुसन्धान र कारबाही अघि बढाएको छ ।
टिप्पणीहरू