भारतीय सहयोग : डोटीमा क्याम्पस भवन, अन्यत्र एम्बुलेन्स र बस

भारतीय सहयोग : डोटीमा क्याम्पस भवन, अन्यत्र एम्बुलेन्स र बस स्राेत : इण्डिया न्युज नेटवर्क ।
सुन्नुहोस्

भारतले डोटीमा क्याम्पस भवन बनाइदिने भएको छ । बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउद र काठमाडौंस्थित भारतीय राजदूतावासका सेकेन्ड सेक्रेटरी प्रशान्तकुमार सोनाले संयुक्त रुपमा केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस भवनको शिलान्यास गरेका छन् ।

भवन भारत सरकारको दुई करोड ८९ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुने बताइएको छ । 

यसैबीच भारत सरकारले नेपालका विभिन्न जिल्लाका लागि ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय राजदूतावासले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा उक्त सवारी साधन हस्तान्तरण गरेको हो ।

हस्तान्तरित १०१ सवारी साधनमध्ये दुईवटा एम्बुलेन्स दूूतावासका प्रतिनिधिले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामै पुगेर प्रमुख जिल्ला अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थितिमा हस्तान्तरण गरिसकेका छन् ।

भातरले आफ्नो स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न जिल्लाका संघ संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ ।

पछिल्लो तीन दशकमा भारत सरकारले आजको नेपालभर १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप उपलब्ध गराइसकेको छ । तीमध्ये सुदूरपश्चिम प्रदेशले ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस प्राप्त गरेको छ । 

टिप्पणीहरू