खोजियो अन्टिबायोटिक औषधिको खपत विवरण

खोजियो अन्टिबायोटिक औषधिको खपत विवरण

औषधि व्यवस्था विभागले प्रतिजैविक औषधि (एन्टिबायोजिटक मेडिसिन) को प्रयोग तथा खपत विवरण पेश गर्न निर्देशन दिएको छ । विभागले तोकिएको ढाँचामा आगामी जेठ १५ गतेभित्र अनिवार्य रुपमा त्यस्तो विवरण पेश गर्न म्याद तोकेको छ ।

‘गत वर्षजस्तै गरी सन् २०२३ मा पनि प्रतिजैविक औषधीहरुको प्रयोग तथा खपत विवरण विभागले तयार गरेको ढाँचामा इमेल ठेगानामा २०८१ जेठ १५ गतेसम्म अनिवार्य पेश गर्न सम्बन्धित उत्पादन तथा आयातकर्तालाई जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ ।

विभागबाट विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ग्लोबल एन्टीमाइक्रोबियल प्रतिरोध र निगरानी प्रणालीमा प्रतिजैविक औषधीको सन् २०१६ देखि २०२२ सम्मको खपत विवरण पेश भइसकेको छ । 

विभागले आगामी दिनमा पनि यसलाई निरन्तरता दिनुपर्ने भएकाले सोको वार्षिक विवरण समयमा उपलब्ध गराउन अनुरोध गरेको हो ।

टिप्पणीहरू