सहकारी ठगी नगरेको गृहमन्त्रीको दाबीपछि पीडितहरुको आकस्मिक भेला
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) ले आकस्मिक भेला बोलाएको छ । अभियानमा प्रत्यक्ष/अप्रत्यक्ष रुपले आवद्ध नेपालभरका सबै सहकारी पीडित बचतकर्ता र तिनका प्रतिनिधिहरुलाई भोलि काठमाडौंमा हुन लागेको विशेष छलफलमा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ ।
पीडित बचतकर्ताका प्रतिनिधिहरुको विशेष छलफल अभियानको केन्द्रीय कार्यालय, बाँसबारीमा राखिएको छ । छलफल बिहान ११ बजेदेखि हुने अध्यक्ष तथा संयोजक कुशलव केसीले जनाएका छन् ।
यता प्रतिनिधि सभाको बैठक सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछान संलग्न रहेको आरोप लगाउँदै नेपाली काँग्रेसले छानबिन समिति गठनको माग राखेको छ । समिति गठन नभएसम्म बैठक अवरुद्ध गर्ने काँग्रेसले बताउँदै आएको छ । तर, हिजो साँझको बैठकमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका थिए ।
टिप्पणीहरू