तराईमा गर्मी बढ्दै, तीन दिन तातो लहर चल्ने सम्भावना

तराईमा गर्मी बढ्दै, तीन दिन तातो लहर चल्ने सम्भावना
सुन्नुहोस्

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन तापक्रम अत्याधिक बढ्ने प्रक्षेपण गरेको छ । 

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा अत्याधिक गर्मी बढ्ने अनुमान गर्दै महाशाखाले मंगलबारसम्म तातो हावाको अत्याधिक जोखिम रहेको जानकारी दिएको छ । 

महाशाखाले तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा बस्न, सकेसम्म घाममा नजान, हल्का र सुतीको कपडा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, पटकपटक पानी तथा झोल पदार्थ पिउन आग्रह गरेको छ । 

त्यस्तै, थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरु दुख्ने, बान्ता आदि भएमा तुरुन्त स्वास्थ्य चौकी लैजान महाशाखाले सूचित गराएको छ ।
 

टिप्पणीहरू