बेलायती राजदूतद्वारा मुक्तिनाथको १०८ धारामा सपत्नी स्नान

बेलायती राजदूतद्वारा मुक्तिनाथको १०८ धारामा सपत्नी स्नान

नेपालका लागि बेलायती राजदूत रब फेन मुस्ताङ यात्रामा छन् । उनले हिजो मुक्तिनाथ मन्दिरको अवलोकन गर्दै परिसरमा रहेको १०८ धारामा स्नान गरेका थिए । 

बेलायती दूतावासका अनुसार राजदूत फेन प्रथम लेडीसहित मुस्ताङ पुगेको बेला मुक्तिनाथको अवलोकन र धारामा स्नान गरेका हुन् । चिसो पानीमा हिन्दु तथा बौद्ध धर्मावलम्बीले झैँ दौडँदै नुहाएका उनले शारिरिक तथा आध्यात्मिक हिसाबले आनन्द आएको बताए ।

टिसर्टसहित नुहाएका राजदूत दम्पती नजिकैको कुण्डमा समेत डुबेका थिए ।

टिप्पणीहरू