निलम्बित मुख्यसचिवद्वारा राजीनामा दिन अस्वीकार,नयाँ छान्ने के होला आधार ?

निलम्बित मुख्यसचिवद्वारा राजीनामा दिन अस्वीकार,नयाँ छान्ने के होला आधार ?

भ्रष्टाचारमा मुद्दा दायर भएसङ्गै मुख्यसचिव डा. बैकुण्ठ अर्याल हिजोदेखि निलम्बित छन् । अख्तियारले अन्तःशुल्कको स्टिकर छपाईमा भएको अनियमितताको अभियोगसहित हिजो विशेष अदालतमा अर्याल र अर्थका कर्मचारीहरुसमेत नौ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

मुद्दा दायर हुनासाथ निजामती कर्मचारी स्वतः निलम्बन हुने कानुनी व्यवस्थाका कारण आजदेखि प्रधानमन्त्री कार्यालयमा रहेका सचिवहरुमध्ये एक जनालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको छ । लीलादेवी गर्तौलाले त्यो जिम्मेवारी पाइ पनि सकेकी छन् । 

अर्याललाई क्याबिनेटले आजै विशेष पद सिर्जना गरेर जगेडामा राख्ने सम्भावना छ । उनीविरुद्ध टेरामक्सदेखि धेरै वटा मुद्दा क्रमशः दर्ता हुँदै जाने अवस्था रहेकाले विशेष पदमा ब्यवस्थापन गर्न लागिएको हो ।
 
निजामती कर्मचारी निलम्बन हुँदा पनि त्यस अवधिभर मासिक तलब ५० प्रतिशत तलब पाउने प्रावधान छ । त्यसका लागि पनि विशेष पद सिर्जना गर्नुपर्ने भएको हो । हिजो बिहान छ बजे भेट्न बालुवाटार आएको बेला प्रधानमन्त्रीले राजीनामा दिन आग्रह गरे पनि नमान्नुको कारण भोलिका दिनमा मुद्दा जितेर आउनसक्ने सम्भावना र यो पदमा बसेर दाग लाग्ने पहिलो मुख्यसचिव बन्न नपरोस् भन्ने अभिप्राय नै हो भन्ने बुझिन्छ ।

अर्याल हिजो बिहान ६ बजे नै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले विकसित घटनाक्रमवारे जानकारी गराउँदै राजीनामा दिन सुझाउनुभएको बालुवाटार स्रोतको दाबी छ । तर, अर्याल राजीनामा नबुझाई हिँडेपछि दिउँसो २ बजे आयोगले मुद्दा दायर गरेको थियो ।

अर्याल हिजो बिहान ६ बजे नै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीले विकसित घटनाक्रमवारे जानकारी गराउँदै राजीनामा दिन सुझाउनुभएको बालुवाटार स्रोतको दाबी छ । तर, अर्याल राजीनामा नबुझाई हिँडेपछि दिउँसो २ बजे आयोगले मुद्दा दायर गरेको थियो ।

यता,प्रधानमन्त्री दाहाल बोल्ड मुख्यसचिवको खोजीमा लाग्नुभएको बताइन्छ । वरिष्ठताको आधारमा डा.तोयनारायण ज्ञवालीको अवधि डेढ महिना मात्रै बाँकी  छ । तर, मन्त्रीलगायतलाई गलत काममा ‘हुन्न’ भनेर सुझाव दिनसक्ने र सबै सचिवलाई काम लगाउन सक्ने ‘बोल्ड’ सचिवको खोजी हुँदै गरेको स्रोत बताउँछ । 
 
वरिष्ठतम रामकृष्ण सुवेदी (सञ्चार) र दिनेश भट्टराई (महिला,बालबालिका) सहित चार जना वरिष्ठतम् मध्येका गृहसचिव एकनारायण अर्याल भने पाँच दिने कार्यक्रममा सहभागी हुन एकछिनपछि न्यूयोर्कतिर उड्दै छन् । एक हप्ताको लागि कतार एअरवेजको ११ बजेको उडानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुबै जना आइजिपी दम्पत्तिसँगै अर्याल त्यता लागेका हुन् । 
 

टिप्पणीहरू