श्रीमान् थप्ने यस्तो छ सुरसार

श्रीमान् थप्ने यस्तो छ सुरसार

रिक्त चार, उही सवाल–जवाफले पिरोलिरहन्छ बारबार ! सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका सन्दर्भमा हो, यस्तो हुने गरेको । वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराई गत साता अनिवार्य अवकाशमा गएपछि रिक्त सिट चार पुग्यो । नियुक्तिका लागि फेरि पनि महान्यायाधिवक्ता डा.दिनमणि पोखरेलको नाम आएको छ । र, पहिले वरिष्ठ अधिवक्ता तोकेर त्यसपछि बल्ल बनाउने भनिएको छ ।

उनलाई न्यायाधीश बनाउने कुरामा आनन्दमोहन पनि सकारात्मक थिए । उनले दिनमणिलाई वरिष्ठ नभए पनि दिऊँ न त भनेर प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई दबाब दिएको भए नियुक्ति भइसक्ने थियो । अब वरिष्ठ अधिवक्ताको सूची आठदेखि दश दिनभित्र प्रकाशित हुँदै छ । दिनमणिको सबभन्दा बलिया समर्थक हुन्, न्यायपरिषद् सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी । उनी ‘क्षमता र ज्ञानमा अब्बल भएको’ तर्क गरिँदै छ ।

त्यसो त, वकिल पृष्ठभूमिबाट कृष्णजंग रायमाझी, लक्ष्मण अर्याल, रामनगिना सिंह, बलराम केसी, टोपबहादुर सिंहजस्ता न्यायाधीशले सर्वोच्चमा प्रदर्शन गरेका क्षमतामा प्रश्न उठाउने ठाउँ दिएनन् । दिनमणिमा पनि त्यस्तो छनक पाइने भन्दै उनको पक्षमा बल गरिएको छ । उनलाई नियुक्त गर्ने विषयमा कानुन मन्त्री र प्रधानन्यायाधीशले कुनै आपत्ति जनाएका छैनन् ।

आनन्दमोहनले अवकासअघि बढुवा गरी सर्वोच्चमा लैजानका निम्ति ल्याएका नाम थिए, श्रीकान्त पौडेल र नित्यानन्द पाण्डेको । त्यसमध्ये कास्कीकै श्रीकान्तको हकमा अलिक बढी छलफल भयो । विशेषका अध्यक्ष टेकनारायण कुँवरलाई अहिले उच्चकै मुख्य न्यायाधीश हुँदै सर्वोच्च लगिने सल्लाह छ । पोखरामा कार्यरतमध्ये महोत्तरीका नेता शरद्सिंह भण्डारीकी बहिनी शान्तिसिंह थापामध्ये राजविराज उच्चमा रहेका वामदेव ज्ञवाली पनि केही समयपछि सर्वोच्चका लागि प्रस्तावित हुँदै छन् । वामदेव मेलमिलापकर्तामध्ये अब्बल मानिन्छन् । 

श्रीकान्त पौडेल वामपन्थी पृष्ठभूमि भएर पनि विशेष अदालतको अध्यक्ष हुँदा सिक्टा सिँञ्चाई आयोजनासम्बधी भ्रष्टाचार मुद्दामा आश्चर्यजनक आदेशका कारण चर्चामा आएका थिए । राप्रपा नेता एवं उक्त आयोजनाका ठेकेदार विक्रम पाण्डेलाई सवा २ अर्बको मुद्दामा चोख्याउन मान्छेको नभई सिक्टाको माटोकै दोष भनी उन्मुक्ति दिने उनै हुन् । 

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू