प्रकरण ६० किलो, अर्का चिनियाँको साथमा ६ किलो सुन

प्रकरण ६० किलो, अर्का चिनियाँको साथमा ६ किलो सुन

६० किलो सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चिनियाँ नागरिक ३७ वर्षीय शेरब ग्याल्मो भन्ने सोनाम गुरुङलाई सुनसहित नियन्त्रणमा लिएको छ ।

उनलाई गएराति काठमाडौंको बौद्ध तिनचुली चारघरेबाट अवैध सुन र नगदसहित पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनको साथबाट एक केजी लेखिएको छ थान सुन, ४८ लाख रुपैयाँ, तीन थान मोबाइल र सोनाम गुरुङको नाममा रहेको नेपाली नागरिकताको एक थान प्रमाणपत्र बरामद गरिएको छ । 

गत वर्ष साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिँदै गर्दा ६० किलो सुन बरामद भएको थियो । उक्त सुन तस्करी घटनामा पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले प्रतिवेदन समेत बुझाइसकेको छ । 

सोही प्रतिवेदनको आधारमा सीआईबीको अनुसन्धान जारी छ । घटनाको थप अनुसन्धानको क्रममा चिनियाँ नागरिक गुरुङ फेला परेका हुन् । सुन खरिदबिक्रीबापत भुक्तानी गरिएकाको खोजतलास गर्ने क्रममा उनको पनि संलग्नता भेटिएको बताइन्छ ।
 

टिप्पणीहरू