नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका प्राविधिक सहायक अख्तियारको फन्दामा

नक्कली सर्टिफिकेट देखाएर जागिर खाएका प्राविधिक सहायक अख्तियारको फन्दामा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तत्कालिन मुख्य प्राविधिक सहायक राजाराम भण्डारीविरुद्ध कागजात किर्ते कसूरमा मुद्दा चलाइएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा उनीविरुद्ध मुद्दा दायर गरेको हो । भण्डारीले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको ठहर छ । 

अख्तियारका अनुसार भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल तह उत्तीर्ण गरेको झूठो प्रमाणपत्र पेश गरी उनी ०५४ भद्रौ १७ गते त्रिवि शिक्षण अस्पतालको 'ल्याब व्वाई' पदमा नियुक्त भएका थिए । ०६९ कात्तिक २४ गते वरिष्ठ ल्याव व्वाईमा बढुवा हुँदै उनी मुख्य प्राविधिक सहायकसम्म बने । 

तर, उनको एसएलसीको प्रमाणपत्र भने नक्कली रहेको अख्तियारको दाबी छ । अदालतमा दायर आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजायको मागदाबी गरिएको छ ।

टिप्पणीहरू