नवलपरासीमा राजमार्ग भासियो

नवलपरासीमा राजमार्ग भासियो
सुन्नुहोस्

पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । गैँडाकोट–९, थुम्सीको जंगलमा सडक भासिँदा राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ । 

भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु.१ ख ८५१३ नम्बरको यात्रुबाहक बसलाई चालकले अकस्मात ब्रेक लगाउँदा बसमा रहेका आठ यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार सडक एकतर्फी खुलाउने प्रयास भइरहेको छ । 

ट्रक भासिएपछि अवरुद्ध राजमार्गमा सवारी आवागमनमा थप अवरोध भएको हो ।

टिप्पणीहरू