१६ जिल्लाका सिडिओ चले,२५ सहसचिव लाखापाखा

१६ जिल्लाका सिडिओ चले,२५ सहसचिव लाखापाखा

गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री स्तरको निर्णयअनुसार सहसचिव रामचन्द्र तिवारीलाई सुनसरीको सिडिओमा पदस्थापन गरिएको छ । मकवानपुरमा तीर्थराज चिलुवाल,नवलपरासी पूर्वमा अरुण पोखरेल र पाँचथरको प्रमुख जिल्ला अधिकारीमा विष्णुप्रसाद कोइरालालाई लगिएको छ ।

पश्चिम नवलपरासीमा स्कीम श्रेष्ठ,धादिङमा राजेन्द्रदेव पाण्डे, काभ्रेपलाञ्चोकमा मकवानपुरका सूर्यप्रसाद सेढाईं,बर्दियामा काभ्रेबाट रुद्रादेवी शर्मा, इलाममा कल्पना श्रेष्ठ, चितवनमा ईन्द्रदेव यादव र सिन्धुपाल्चोकमा भुपेन्द्र थापा परेका छन्  ।

भोजपुरमा नरबहादुर थापा,कञ्चनपुरमा नारायणप्रसाद सापकोटा र सर्लाहीमा गोपालकुमार अधिकारी,कास्कीमा भरतमणि पाण्डे र सप्तरीमा मेखबहादुर मग्राती प्रमुख जिल्ला अधिकारी पुगेका छन् ।

हिजोको निर्णयमा २५ जना सहसचिवलाई सरुवा तथा पदस्थापन गरिएको उल्लेख छ ।

टिप्पणीहरू