गर्मीका कारण निर्वाचन अधिकारीसहित दर्जनाैंको निधन

गर्मीका कारण निर्वाचन अधिकारीसहित दर्जनाैंको निधन

भारतमा अत्यधिक गर्मीका कारण निर्वाचन अधिकारीसहित तीन राज्यमा ३३ जनाको मृत्यु भएको छ । बिहार, उत्तर प्रदेश र ओडिसा राज्यमा हिजो अत्यधिक गर्मीका कारण निर्वाचन अधिकारीसहित कम्तीमा ३३ जनाको ज्यान गएको बताइएको छ ।

भारतीय मौसम विज्ञान विभागले भोलिसम्म मुलुकका अधिकांश भागमा चर्को गर्मी हुने बताएको छ । राजधानी नयाँ दिल्लीमा यो वर्ष सबैभन्दा धेरै ५२.९ डिग्री सेल्सियस रेकर्ड भएको छ । 

भारतको बिहार, उत्तर प्रदेश र ओडिसाका केही जिल्लामा तल्लो सदन लोकसभाको  निर्वाचन भइरहेको छ । मतदानको अघिल्लो दिन एक जना निर्वाचन अधिकृतको ज्यान गएको छ ।

टिप्पणीहरू